स्थानीय निर्वाचनमा हार भए म राजनितिबाट संयास लिन्छु :

राजनिति समाचार

भरतपुर महानगरपालिका मेयर पदकी उम्मेद्वार रेनु दाहाले मतदान गरेकी छन् । उनले भरतपुर १४ सुन्दरवस्तिबाट मतदान गरेकी हुन् ।दाहाल पाँच दलीय साझा गठबन्धनको तर्फबाट भरतपुर महानगरको मेयर पदका उम्मेद्वार हुन् । मतदान गरेसँगै निवर्तमान मेयर समेत रहेकी दाहालले आफु विजय हुनेमा विश्वस्त रहेको बताई । मतदानपछि रेनु दाहालको भनिन भरतपुरमा गठबन्धनको जित निश्चित छ । जनताको सेवामा विगमा मैलै गरेको कामले मुल्यानकन गर्नुहुने छ।

यो पनि : नेपाल एअरलाइन्सले जेठ २ गते सोमबार काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडान गर्ने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनको लागि न्यारोबडी जहाजले जेठ २ गते उडान गर्ने एअरलाइन्सले जनाएको छ । जहाज विहान ६ बजे भैरहवाको लागि उड्नेछ भने ८ बजे काठमाण्डौका लागि उड्नेछ ।

यो पनि :जसले जम्मा २ मत पाए !

हेलिकप्टरबाटै बिउ छर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन् ।

वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत पाएका छन् । यो वडामा १ हजार १२६ मत खसेको थियो ।

उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टरबाटै सिँचाइको व्यवस्था गर्ने वाचा गरेका थिए ।

ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए ।

Leave a Reply

Your email address will not be published.