बालेनले कटाए ६ हजार मत,स्थापित र सिर्जनाको कति ?

राजनिति

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार मत कटाएका छन्। उनले हालसम्मको गणनामा ६२०७ मत ल्याएका छन्।

आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्। पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा २९६४ मत धेरै ल्याएका छन्। स्थापितले हालसम्म ३२४३ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २८८५ मत पाएकी छन्।

बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गरेका छन्। उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गरेकी छन्।

बूढानीलकण्ठ–४ मा कांग्रेसको प्यानल नै विजयी

बूढानीलकण्ठ नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा कांग्रेसको प्यानल नै विजयी भएको छ। उक्त वडाको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार श्रीराम केसीले १२५९ मत ल्याई विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्र खड्काले ८०२ मत प्राप्त गरे।

यस्तै वडासदस्यमा कांग्रेसका उम्मेदवारद्वय पवन कार्की १२२४ र कृष्ण खत्री ११८५ मत ल्याएर विजयी भएका छन्। यसैगरी महिला सदस्यमा कांग्रेसकी सुमिता खड्काले ११९७ र दलित महिला सदस्यमा कांग्रेसकै मञ्जु परियारले १२३० मत ल्याई विजयी भएको निर्वाचन अधिकृत भट्टराईले बताए।

कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठमा ३४ हजारभन्दा बढी मत खसेको थियो। उक्त नगरपालिकामा १३ वडा छन्।

Leave a Reply

Your email address will not be published.