काठमाडौंमा बालेन र डंगोलको फराकिलो अग्रता कायम

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम रहेको छ । मेयरमा स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन साहले ६ हजार २०७ मत कटाउनु भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयको अद्यावधिक विवरणअनुसार अहिलेसम्म साह पहिलो स्थानमा हुनुहुन्छ ।

दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित हुनुहुन्छ । उहाँले उनले ३२४३ मत प्राप्त गर्नुभयो भने कांग्रेस उम्मेदवार सिर्जना सिंह २८८५ मतका साथ तेश्रो स्थानमा आउनु भएको छ ।

काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ । अर्कोतिर उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायम रहेको छ ।

काठमाडौंमा देखियो बालेनको जादु, स्थापितसँग झण्डै दोब्बरले बढाए मतान्तर-काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साह र केशव स्थापितबीचको मतान्तर थप बढेको छ ।

काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका बालेन शाह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितबीचको मतान्तर अझै बढेको हो ।

बालेनले अग्रता फराकिलो बनाउँदै लैजानु भएको छ । एमालेका स्थापितसँग बालेनले २ हजार १०१ मतको मतान्तर कायम राख्नु भएको छ ।

यसअघि २ हजार २२ मतले अगाडि रहनु भएका बालेनले थप ७९ मतको मतान्तर बढाउनुभयो ।

कुल ११ हजार ४४४ मत गणना हुँदा साहले ४ हजार ४०४ मत प्राप्त गर्नुभयो भने स्थापितले २ हजार ३०३ मात्र मत पाउनु भएको छ ।कांग्रेसको तर्फबाट उम्मेदवार सिर्जना सिंहले २ हजार ७० मत प्राप्त गर्नुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबारदेखि महानगरको ७ ठाउँबाट मतगणना हुँदैछ । अहिले पनि मतगणना जारी राखिएको छ ।

Leave a Reply

Your email address will not be published.