भरतपुरमा रेनुले विजय सुवेदीलाई पछि पारिन्

समाचार

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले पुनस् अग्रता लिनु भएको छ ।यसअघि एमाले उम्मेदवार विजय सुवेदीसँग १० मतले पछाडि पर्नुभएकी रेणु पछिल्लो परिणामअनुसार ३ मतले अग्रता लिनु भएको हो ।

८ हजार ८५ मत गणना गर्दा रेणुले २ हजार ९१८ मत प्राप्त गर्नुभयो । एमालेका सुवेदीले २ हजार ९१५ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गर्नुभएको हो ।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार १९६ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २ हजार ३१६ मत प्राप्त गर्नुभयो ।वडाध्यक्षमा कांग्रेसका मनोज रानाभाटले २ हजार १०५ मत प्राप्त गर्दा एमालेका कृष्ण केसीले २ हजार ५८ मत पाउनु भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार विजयी-काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मीना विकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाउनुभएको छ ।

आठ वटा वडा रहेको रघुगङ्गाको पाँच वटा वडा कांग्रेस र तीन वडामा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । रघुगङ्गा–१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतीमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा ९रिम० र ८ कुइनेमङ्गलेमा कांग्रेसका गमान छन्त्याल वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

१३ हजार ९४७ मतदाता रहेको रघुगङ्गामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुने ४२ पदका लागि १३५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । जिल्लाको छ वटामध्ये दुई वटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित हुनुभएको छ । मतपरिणाम सार्वजनिक भएका ३० वटा वडामध्ये एमालेले १३, कांग्रेसले १२ र माओवादीले चार वटा वडामा जित हासिल गरेका छन् । अब १५ वटा वडा र चार वटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.