टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी, कांग्रेस उम्मेदवारलाई नै हराएर विजयी

राजनिति समाचार

काठमाडौं । टिकट नपाएपछि कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका एकजना विजयी भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाको–२ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजेन्द्र खड्का विजयी हुनु भएको हो । खड्का ४६९ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार रोशन कठायतले ४१५ मत ल्याएर दोस्रो हुनुभयो ।

त्यसैगरी एमालेका उम्मेदवार लाल बहादुर कठायत २०९ मतका साथ तेस्रो स्थानमा आउनुभयो । वडाध्यक्षमा विजयी खड्का २०७४ सालको निर्वाचनमा कांग्रेसको तर्फबाट अध्यक्षमा विजयी हुनु भएको थियो ।

यसपटकको चुनावमा उहाँलाई कांग्रेसले अध्यक्षको टिकट दिएन् । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिनुभयो । आफू जित्ने निश्चित देखेपछि स्वतन्त्र उठेको उहाँले पटकपटक दाबी गर्दै पनि आउनु भएको थियो ।

भरतपुरमा रेणुलाई पछि पार्दै एमालेका विजय सुवेदीले बढाए ठूलो मतान्तर-काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार फेरि पछि परेकी छिन् । नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पुनः अग्रता लिनु भएको हो ।

नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई मेयरमा सुवेदीले पछि पार्नुभएको छ । ११ हजार ७ मत गणना हुँदा सुवेदीले ३८३८ मत प्राप्त गर्नुभयो । अर्कोतिर दाहालले ३८०५ मत ल्याउनुभयो । त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १५११ मत पाउनु भएको छ ।

उपमेयरतर्फ भने सत्ता गठबन्धनबाटै उम्मेदवार बन्नु भएका कांग्रेसका चित्रसेन अधिकारी ४३५२ मतका साथ पहिलो स्थानमा हुनुहुन्छ । एमालेको समर्थन पाउनु भएकी राप्रपाकी हिमला गुरुङलाई २९९८ मत परेको छ ।

Leave a Reply

Your email address will not be published.