मतदानभन्दा १५ मत बढी भेटिएपछि मतगणना स्थगित, प्रहरीले गर्‍याे हवाइ फायर

राजनिति समाचार

जनकपुरधाम, २ जेठ-धनुषाको धनौजी गाउँपालिकामा मतगणना मतदान भएको भनिएकाे भन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना नै‌ स्थगित भएको हो ।

धनौजी-१ लखौरी गाउँमा मतदानकाे मुचुल्काभन्दा १५ मतपत्र बढी फेला परेपछि आइतबार राति विवाद भएकाे थियाे । मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले बताए ।

विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन ह’वा’इ फा’यर गरेकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले मतगणनाको विषयमा विवाद भएको र घटनाबारे जानकारी लिइरहेको बताए ।

यहाँ आइतबार रातिदेखि नै मतगणना भइरहेकाे थियाे ।धनाैजी-३,४ र ५ को मतगणा सम्पन्‍न भइसकेको छ ।

पोखराको पहिलाे नतिजा : १ मा एमाले, २ मा कांग्रेस विजयी-पोखरा, २ जेठपोखरा महानगरपालिका-१ मा एमाले र २ मा कांग्रेस विजयी भएकाे छ ।१ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । वडाध्यक्षमा शाहारा प्रधानले ४१ मतान्तरले चुनाव जितेका हुन् ।उनले १ हजार १ सय ४५ मत पाउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसकी सीता गुरुङले १ हजार १ सय ४ मत पाइन् ।

सदस्यमा जुमकाजी गुरुङ, रामजीप्रसाद पौडेल, महिला सदस्यमा शोभा नेपाल र दलित महिला सदस्यमा जुकमाया दमै विजयी भए । यसअघि यहाँ ३ सय १७ मतान्तरले एमाले विजयी भएको थियो ।

पोखरा-२ मा कांग्रेसकाे प्यानल विजयी भएको छ । कांग्रेसका दिवसमान प्रधानांगले एमालेका दीपक शाहलाई २ सय ७८ मतान्तरले पराजित गरे । प्रधानांग ९ सय ३९ मतसहित वडाध्यक्षमा विजयी हुँदा शाहले ६ सय ६१ मत पाए ।

खुला सदस्यमा कांग्रेसका गौतम विजुक्छे र भीमकुमारी आले (पवित्रा), दलित महिला सदस्यमा सुनिता विक, महिला सदस्यमा गोमा सुवेदी विजयी भएका छन् । वडा नम्बर २ मा यसअघि ३ सय ७१ मतान्तरले कांग्रेस विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published.