रेणु परिन पछि

समाचार

काठमाडौं। भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।महानगरकोे मेयरमा ११ हजार २०७ मत गन्दा एमालेका उम्मेदवार विजय सुवेदीले ३८९९ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ३८५६ मत ल्याएकी छिन् । सुवेदी ४३ मतले दाहालभन्दा अगाडी छन् ।त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५४८ मत ल्याएका छन् । उपप्रमुखमा भने नेपाी कांग्रेसका चित्रसेन अधिकारी ४४३१ मतसहित अग्रस्थानमा छन् ।उनलाई राप्रपाकी हिमला गुरुङले ३०४१ मत सहित पछ्याइरहेकी छिन् । उनलाई एमालेको समेत समर्थन रहेको छ ।

प्यूठान : झिमरुक गाउँपालिका-१ मा विजयी एमालेका धुर्वराज खनालसहितको विजयी र्‍याली प्रतिस्पर्धी रामबहादुर जिसीको घरमा पुग्यो। वडाध्यक्ष जितेर घर अगाडि विजयी र्‍यालीमा आइपुगेका खनालसहितको टोलीलाई संगै चुनाव लडेका जिसीले अबिर र माला लगाएर बधाई दिए। जिसीले चुनावमा हारजित स्वभाविक प्रक्रिया भएपनि खनालको जित जनताको जित भएको प्रतिक्रिया दिए।

उनले अबिर लगाएर बधाई मात्र दिएनन्, झण्डै आधा घण्टासँगै विजयी र्‍यालीमा सहभागी भए। उनले वडाको विकास निर्माणमा विजयी भएका जनप्रतिनिधीलाई आफूले रचनात्मक साथ दिनेसमेत सुनाए। सँगै हात जोडेर दुवैजना र्‍यालीमा गाउँ डुलेपछि धेरैले त्यसलाई सकरात्मक रुपमा लिए।

आइतबार बिहान सकिएको मतगणना अनुसार एमालेका खनालले १ हजार ९ मत र राष्ट्रिय जनमोर्चाका जिसीले ६ सय १९ मत लिएका छन्। उनीहरुबीचको मतान्तर ३ सय ९० भएको छ। खनाल यसअघि पनि वडध्यक्ष थिए। जिसी गाउँकै अमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक र खनाल सोही विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए।

विजयी र्‍यालीपछि तीन जिल्लाको संगमस्थल सौतामारे छेडामा आयोजित कोणसभामा बोल्दै एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाले प्रतिस्पर्धी जिसीले पराजय भएपनि संस्कारयूक्त राजनीति देखाएकोप्रति प्रशंसा गरे।

जिसीले नेता थापालाईसमेत पढाएका हुन्। राजनीतिलाई प्रतिसोधको रुपमा मात्र लिन नहुने थापाको भनाई थियो।

Leave a Reply

Your email address will not be published.