कांग्रेसको गढ भत्काउदै भरतपुर-३ मा एमाले विजयी

राजनिति समाचार

काठमाडौं । नेपाली कांग्रेसको गढ भनेर चिनिने भरतपुर महानगरपालिकाको वडा नम्बर-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ।यो वडामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार भरतप्रसाद लामिछानेलाई हराउँदै एमालेका विकास थापा वडाध्यक्षमा निर्वाचित भएका हुन्। थापाले लामिछानेलाई ६ सय बढी मतअन्तरले हराए।

यो वडामा कांग्रेसबाट उम्मेदवार तोक्ने क्रममा ठूलो विवाद भएको थियो। वडा समितिले वडा सभापति तारामित्र पण्डितलाई वडाध्यक्षमा सिफारिस गरे पनि क्षेत्रीय समितिले उनलाई अस्वीकार गरेको थियो।क्षेत्रीय समितिका सभापति लामिछानेले आफैं वडाध्यक्षको उम्मेदवार बनेका थिए। त्यसपछि पण्डितले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए।

निर्वाचनको केही दिनअघिमात्रै पण्डितले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। सहमतिमा उनी पछाडि हटे पनि मतपत्रमा भने सहमतिको प्रभाव देखिएन। यो वडामा मेयर पदका कांग्रेसका बागी जगन्नाथ पौडेलले ६४८ भोट ल्याए। यो यहाँ खसेको कुल मतको २० प्रतिशत हो। यो वडाको मत गनेर सकिँदासम्म भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले ३ हजार ९४४ र रेनु दहालले ३ हजार ८९४ र जगन्नाथ पौडेलले १ हजार ५७२ मत ल्याएका छन्।

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन् ।भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक स्वागत गरे ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा। नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वागत गरेका थिए ।

साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्रदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले पनि पनि भारतका विशिष्ठ अतिथिलाई स्वागत गरेका थिए । हेलिकप्टरबाट ओर्लिएपछि एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरे । यसपछि भारतका प्रधानमन्त्री मोदीले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.