जितेर माला लगाएका उम्मेदवार जब पराजित भएको घोषणा भए

समाचार

काठमाडौं । सर्लाहीको हरिवन–७ मा नेपाली कांग्रेसले मतगणनामा धाँधली भयो भन्दै पुर्वपश्चिम राजमार्ग ठप्प पारेको छ ।मतगणनामा धाँधली भएपछि उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रूग्यास प्रहार गरेको छ ।

कांग्रेसको उम्मेदवार अशोक थापा सात मतले निर्वाचित भएको घोषणा पछि केहीबेरमा नेकपा एमालेका उम्मेदवार निरध्वज कार्की निर्वाचित भएको अधिकृतले जानकारी दिएपछि विवाद सुरु भएको थियो ।हरिवन नगरपालिकाका निर्वतमान मेयर गणेश प्रसाद प्रसाईको योजनामा निर्वाचित घोषणा भइसकेका थापालाई पराजित गरेको खबर निर्वाचन अधिकृतले बाहिर ल्याएको कांग्रेस युवा नेता मनिस रायमाझीले आरोप लगाए ।

‘कांग्रेसका उम्मेदवार अशोक थापा सात मतले विजयी भएको घोषणा गरेपछि हामी सबै बाहिरियौ । बाहिरीएको १५ मिनेटमा अलिकति मतपत्र गन्न बाँकी रहेछ त्यो गनियो एक मतले एमालेका उम्मेदवार निरध्वज कार्की विजयी हुनुभएको निर्वाचन अधिकृतले भने ।’ रिपोर्टर्स नेपालसँग कुरा गर्दै रायमाझीले भने, ‘पुनः मतगणनाको माग गर्दा हाम्रो कुरा सुनुवाई भएन र वाध्य भएर पुर्व पश्चिम राजमार्ग बन्द गरेर विरोध गर्दै पुनः मतगणनाको माग गरेका छौ ।’ गत वर्षको स्थानीय तहको निर्वाचनमा हरिवनको मेयरमा एमालेका गणेश प्रसाइ निर्वाचित भएका थिए । प्रसाईमाथि करोडौ बेरुजुको आरोपमा अख्तियारमा उजुरी परेको छ ।

हार स्वीकार्दै घर फर्किएका जोगी तीन मतले वडाअध्यक्षमा विजयी !
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–११ का वडाअध्यक्षका उम्मेदवार दानसिंह जोगी मत गणना हुँदै गर्दा निराश थिए । किनकी उनले हार स्वीकार गरिसकेका थिए । कडा प्रतिस्पर्धामा रहेका जसपाका उम्मेदवार जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए ।

पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल गए । नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै जोगी विजयी भए ।

कठरियाले ६७९ मत पाउँदा जोगीले ६७२ मत पाएका थिए । मतगणना शुरु भएदेखि नै कांग्रेस र जसपाबीच कडा टक्कर थियो । अन्तिम मत परिणाममा कांग्रेसका उम्मेदवार विजयी भएको अपुष्ट खबर सार्वजनिक भयो । मतगणनामा जोगी पनि सहभागी थिए । मतगणना सकिँदासम्म कांग्रेसका उम्मेदवार विजयी भएको र आफू झिनो मतान्तरले हारेको भन्दै जोगी घर गइसकेका थिए ।

यता कांग्रेसका नेता–कार्यकर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर, मतपरिमाण घोषणा हुँदा जसपाका जोगी विजयी भएको निर्वाचन अधिकृत भानदेव जोशीले बताए ।

Leave a Reply

Your email address will not be published.