बालेन र स्थापितको मतान्तर अहिलेसम्मकै उच्च, कसको कति ?

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ७ हजार ३३९ पुगेको छ । उनका निटकतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितको मत भने ३ हजार ८६२ मात्रै रहेको छ ।

साह र स्थापितको मतान्तर ३ हजार ४७७ रहेको छ । साहले स्थापितको भन्दा अहिलेसम्म ३ हजार ४७७ मत बढी ल्याएका छन् । साहले मतान्तर क्रमैसँग बढाउँदै गएका छन् । त्यसैगरी, कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ सय ५८ मत पाएकी छिन् ।

याे पनि-भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ५५२ मत पाएकी छन् ।

महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published.