आफ्नै देशको प्रधानमन्त्रीले गरे बुद्धको अपमान, सामाजिक सन्जालमा चर्को आलोचना,

समाचार

काठमाडौ,जेष्ठ १। यतिखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन। भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको उद्घाटनमा आउनु भएका नरेन्द्र मोदि सङ्गै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा समेत उपस्थित हुनु हुन्छ।

आज बुद्ध जयन्तिको अबसर पारेर उद्घाटन गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको विभिन्न पुजा आजा सहित उद्घाटन तयारी चलिएको बेला सामाजिक सन्जालमा एउटा तस्बिर निकै भाइरल भै रहेको छ। तस्बिरमा पुजा चलिरहदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि हात जोडेर मौन धारण गरि बसि रहनु भएको छ भने नेपालका प्रधानमन्त्री दुबै हात बाधेर कुनै सभा सम्मेलनमा सभापतित्व गरि बस्नु भएको जस्तो देखिन्छ।

आज बुद्धको जन्मदिनको अबसरमा बुद्धकै अपहेलना हुने गरि प्रधानमन्त्री देउबाको यो हर्कतले सामाजिक सन्जालमा उनको चर्को आलोचना भै रहेको छ। एउटा देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको ब्यक्तिले समकक्षी लाई नै ब्यवास्ता गरि यस्तो हर्कत गर्नुले नेपालको मान खस्किएको अनुमान लगाउन सकिन्छ।

प्रधानमन्त्री देउबा स्थानीय निकायको निर्बाचनमा आफ्नै वडाबाट पराजित भएपछि लज्जित हुनु परेको थियो।देशकै प्रधानमन्त्रीको यस्तो हर्कतले अन्तर्राष्ट्रिय मिडियामा कस्तो सन्देश जाला त्यो हेर्न बाकी नै छ।

Leave a Reply

Your email address will not be published.