भरतपुर अपडेटः विजय सुवेदी ७३ मतले अगाडि

राजनिति समाचार

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ५५२ मत पाएकी छन् ।

महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत पाएकी छन् ।

याे पनि-भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मत अन्तरसहित निर्वाचित भएका छन्।

उनले २९ हजार २५२ मत पाएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वीलाई २५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ४०७ मत पाए भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याएका छन्।

उपमयेरमा पनि नेमकिपाकै रजनी जोशी विजयी भएकी छन्। जोशीले २९ हजार ७५९ मत पाएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत पाएका छन् ।

प्रजापति र जोशी दुवै दोहोरिएका हुन्। ०७४ को निर्वाचनमा पनि उनीहरु निर्वाचित भएका थिए। नेमकिपाको गढ भक्तपुरमा सो पार्टीले सबै वडा समेत जितेको छ।

Leave a Reply

Your email address will not be published.