एमाले उम्मेदवारले एक मतले जितेपछि कांग्रेसले गर्‍यो चक्काजाम

समाचार

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकामा कांग्रेसका कार्यकर्ताहरूले चक्काजाम गरेका छन् ।हरिवन नगरपालिका ७ मा पुनस् मतगणनाको माग राख्दै उनीहरुले पूर्व पश्चिम राजमार्गमा चक्काजाम सुरु गरेका हुन्।
कांग्रेसी कार्यकर्ताहरूले पूर्व पश्चिम राजमार्गमा नाराबाजी सहित टायर बालेर चक्काजाम गरेका हुन्। कांग्रेस जिल्ला सचिव निरज कार्की नेतृत्वमा कांग्रेसी कार्यकर्ताले राजमार्ग अवरोध गरिरहेका छन्।

नगरपालिकाको वडा नं।७ को वडाध्यक्षमा कांग्रेसका प्रत्यासी अशोक थापा नेकपा एमालेका प्रत्यासी निरध्वज कार्कीसँग १ भोटले पराजित भएपछि कांग्रेसले पुन मतगणनाको माग गरेका थिए ।कांग्रेसी कार्यकर्ताले मतगणनास्थल ईलाका प्रशासन कार्यालयमा ढुंगामुढा गरेका छन्। ढुंगामुढाले ईलाका प्रशासन कार्यालयको झ्यालका सिसा फुटेका छन्। सुरक्षाकर्मीले ढुंगामुढा गर्ने कांग्रेसलाई धपाउन २ सेल अश्रु ग्याँस समेत प्रहार गरेको छ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो ।भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री देउवाले गरेको भारत भ्रमणका उपलब्धिको स्मरण गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज नै परराष्ट्रमन्त्री डा। नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनीमा शिष्टाचार भेटवार्ता गरेका थिए ।मोदी भारतीय वायु सेनाको हेलिकप्टरमा आज विहान लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री देउवाले स्वागत गरेका थिए । उनी बेलुकी ५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published.