बालेनको नाउँमा २८ किलोको खसी बाजी राख्ने दुई युवक पक्राउ

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहको हारजितको विषयमा २८ किलोको खसी बाजी राख्ने खोटाङका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ रमेश खड्का र विजय फुयाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उनीहरुले लिखित‍ कागज गरेर २८ किलोको खसी बाजी राखेको कागज सामाजिक सञ्जालमा छ्यालब्याल भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

खाेटाङ प्रहरीका अनुसार बाजी राखेका कारण युवकहरुलाई समातिएको हो। काठमाडौँ महानगरबाट बालेन शाहले अग्रता बनाउन थालेपछि खोटाङका यी दुई युवकले बाजी राखेका थिए।

यो पनि

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ७ हजार ३३९ पुगेको छ । उनका निटकतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितको मत भने ३ हजार ८६२ मात्रै रहेको छ ।

साह र स्थापितको मतान्तर ३ हजार ४७७ रहेको छ । साहले स्थापितको भन्दा अहिलेसम्म ३ हजार ४७७ मत बढी ल्याएका छन् । साहले मतान्तर क्रमैसँग बढाउँदै गएका छन् । त्यसैगरी, कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३ सय ५८ मत पाएकी छिन् ।

Leave a Reply

Your email address will not be published.