विजय जुलुस निकालेको ४ घण्टापछि पराजित !

राजनिति समाचार

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका ४ मा निर्वाचित भएको घोषणा गरिएको चार घण्टापछि पराजित भएको सूचना निकालिएको छ ।

एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएका अजमेर अली नाउ पराजित भएको सूचना निकालिएको हो । उनी निर्वाचित भएको थाहा पाएपछि समर्थकले खुसियाली मनाउँदै र्‍याली निकालेका थिए । विजय जुलुस निकालेको ४ घण्टापछि उनी पराजित भएको सूचना निर्वाचन कार्यालयले सार्वजनिक गर्दा एमाले समर्थक आक्रोशित भएका छन्।

उनको ठाउँमा कांग्रेसका इस्राइल नाउलाई निर्वाचित गराइएपछि आफ्नो बेइज्जती भएको ठहर अजमेरले गरेका छन्। यसबारे छलफल गर्न अहिले निर्वाचन कार्यालयमा सबै पक्षको बैठक बसिरहेको छ। एमालेले मतगणनामा लापरबाही भएको भन्दै मतगणनाका कर्मचारी फेर्न माग गरेको छ।

बालेनको नाउँमा २८ किलोको खसी बाजी राख्ने दुई युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाहको हारजितको विषयमा २८ किलोको खसी बाजी राख्ने खोटाङका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ५ रमेश खड्का र विजय फुयाललाई प्रहरीले सोमबार पक्राउ गरेको हो। उनीहरुले लिखित‍ कागज गरेर २८ किलोको खसी बाजी राखेको कागज सामाजिक सञ्जालमा छ्यालब्याल भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

खाेटाङ प्रहरीका अनुसार बाजी राखेका कारण युवकहरुलाई समातिएको हो। काठमाडौँ महानगरबाट बालेन शाहले अग्रता बनाउन थालेपछि खोटाङका यी दुई युवकले बाजी राखेका थिए।

Leave a Reply

Your email address will not be published.