आफ्नो नजरबाट गिर्नु नपरोस् भन्दै उदास तस्वीर पोष्ट गरिन् गायिका समिक्षा अधिकारीले

समाचार

काठमाडौं- सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी गायिका समिक्षा अधिकारीले बेला स्टाटस लेखिरहन्छिन्। स्क्यान्डलमा परेपछि लामो समयसम्म मौन बसेकी उनले केही समय पहिले लेखेको एक स्टाटस पनि भााइरल बनेपछि पुन उक्त स्टाटस सच्याएकी थिइन् ।

सामाजिक सञ्जालमार्फत घुमाउरोरुपमा आफ्ना भावना पोख्न थालेकी उनले ‘तिम्रोलागि मर्न पनि सक्छु मार्न पनि सक्छु’ भन्दै स्टाटस लेखेकी थिइन् ।पछि त्यसमा संशोधन गर्दै उनले यो एउटा गीतको अंश भएको उल्लेख गरेकी थिइन् ।

अहिले फेरी एउटा उदास तस्वीर पोष्ट गर्दै लेखेकी छन्, हरकोहीको नजरमा राम्रो बन्न त सकिँदैन, बस आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस ।’उनको यो यो स्टाटसमा सबैले प्रतिकृया दिइरहेका छन् ।

मोटरसाइकल दुर्घटना परी भोटगन्नसमेत सुरु नगर्दै उम्मेदवारको मृत्यु-धादिङ- धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो ।

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

धादिङबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर नीलकण्ठ नगरपालिका–७ नम्बर वडाको वडा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । नीलकण्ठ निर्वाचन कार्यालयले भोटगन्नसमेत सुरु नगर्दै उम्मेदवारको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published.