कांग्रेस कार्यकर्ताले च्याते मतपत्र

राजनिति

काठमाडौं । ओखलढुंगामा चिंशखुगढीमा काँग्रेसका कार्यकर्ताहरुले मतपत्र च्यातेका छन् ।जिल्लाको चिशंखुगढी गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षका उम्मेदवारको मतपरिणाम बराबर आएपछि पुनः गणना गर्नेक्रममा कांग्रेसका कार्यकर्ताले २ वटा मतपत्र च्यातेका हुन् ।

मतपत्र च्यात्ने कांग्रेस कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणस्थलमा तनाव सिर्जना भएको छ ।थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । चिशंखुगढीमा माओवादी–कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भईसकेको छ ।

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी भएका छन् ।शाहीले २९१९ मत पाएर मेयरमा विजयी भएका हुन् । हाँस चिह्नमा चुनाव लडेका शाहीले प्रतिस्पर्धी एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरे । पाण्डेले २००९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका कांग्रेसका ताराकुमारी शाहले १७९३ मत पाएकी छन् ।

स्वतन्त्र चिह्न लिएर मेयर निर्वाचित भएका कमलबहादुर नेकपा एकीकृत समाजवादीका कालीकोट जिल्ला उपाध्यक्ष हुन् । शाहीलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।खाँडाचक्रको उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित भएका छन् । उनले २९२६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेलेकी मिनाकुमारी शाहीले २३९९ र कांग्रेसका नेत्रबहादुर शाहीले १५८६ मत पाए ।

Leave a Reply

Your email address will not be published.