भरतपुरमा रेणुले बढाइन् अग्रता

राजनिति समाचार

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भइरहेको छ।पछिल्लो परिणाममा माओवादी उम्मेदवार दाहालले अग्रता बढाएकी छन्। यसअघि १२ मतको अग्रता लिएकी रेणुले अहिले १७ मतको अग्रता बनाएकी छन्।

१५ हजार ४३२ मत गणना हुँदा रेणुले ५ हजार १६५ मत प्राप्त गरेकी छन्। एमालेका सुवेदीले ५ हजार १४८ प्राप्त गरेका छन्।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४४० मत प्राप्त गरेका छन्।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार २०६ मत प्राप्त गरेका छन्। राप्रपाकी हिमला गुरुङले ४ हजार १५७ मत प्राप्त गरेकी छन्।वडा नम्बर ४ को चार हजार १०४ मत गणना हुँदा वडाध्यक्षमा कांग्रेसका अर्पण पोखरेलले १ हजार ७३७ मत प्राप्त गरेका छन् भने एमालेका भानुभक्त सापकोटाले १ हजार १३३ मत प्राप्त गरेका छन्।

काठमाडौं । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किनुभयो ।यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक बिदाइ गर्नुभयो ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि बिदाइ गर्नुभएको थियो ।

साथै उहाँको बिदाइमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायत पनि उपस्थित हुनुहुन्थ्यो । एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज बिहान यहाँ आइपुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.