डोटीमा कांग्रेसको विजयी र्‍याली ट्याक्टर दु<र्घ<ट<नामा एकजनाको मृ<त्यु

समाचार

काठमाडौं । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अरु ३० जना घाइते भएका छन् ।जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटना परी पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय बिक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।पूर्वीचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले र्‍याली निकालेको थियो ।
र्‍यालीमा सहभागी भएका नेता, कार्यकर्ताहरू घाइते भएको प्रहरीले बताएको छ।

काठमाडौं । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किनुभयो ।यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक बिदाइ गर्नुभयो ।

भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पनि बिदाइ गर्नुभएको थियो ।

साथै उहाँको बिदाइमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेपाल सरकारका मुख्य सचिव शङ्करदास बैरागी, परराष्ट्र सचिव भरतराज पौडेल, भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायत पनि उपस्थित हुनुहुन्थ्यो ।एघार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ आज बिहान यहाँ आइपुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.