ओखलढुंगाको चिसंखुगढीमा मतपत्र च्यातियो, सेना र सशस्त्र प्रहरी जाँदै

राजनिति समाचार

ओखलढुंगा :ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका छन्।वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि मतपत्र च्यातेको सुरक्षा स्रोतले जनाएको छ। मतपत्र च्यात्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप टोली ओखलढुंगाबजारबाट चिसंखुतर्फ लागेको छ। त्यहाँबाट पुग्न २ घण्टा बढी लाग्छ।

विवाद भएको सूचना आएपछि थप टोली पठाइसकेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले जानकारी दिए। चिशंखुको वडा नं ३ मा माओवादी र कांग्रेसका वडाध्यक्षको मत बराबरी भएपछि पुनः गणना गर्न थालिएको थियो। तर पुनः गणना गर्ने क्रममा कांग्रेसका प्रतिनिधिले मतपत्र तानेका हुन्। यो पालिकामा पनि कांग्रेस माओवादीबीच गठबन्धन छ। पालिका प्रमुखमा माओवादीका निशान्त शर्मा बास्तोला र उपप्रमुखमा कांग्रेसका सन्तोषबाबु थापा विजयी भएका छन्।

पालिकामा गठबन्धन गरे पनि वडामा भने कांग्रेस र माओवादी एक्लाएक्लै भिडेका थिए। वडा नं ३ को अध्यक्षमा कांग्रेसबाट मिनबहादुर आले मगर र माओवादीबाट भिष्म श्रेष्ठ उम्मेदवार छन्।

विजय जुलुस निकालेको ४ घण्टापछि पराजित !-बर्दिया । बर्दियाको गुलरिया नगरपालिका ४ मा निर्वाचित भएको घोषणा गरिएको चार घण्टापछि पराजित भएको सूचना निकालिएको छ ।

एमालेबाट खुल्ला सदस्य पदमा निर्वाचित भएको घोषणा गरिएका अजमेर अली नाउ पराजित भएको सूचना निकालिएको हो । उनी निर्वाचित भएको थाहा पाएपछि समर्थकले खुसियाली मनाउँदै र्‍याली निकालेका थिए । विजय जुलुस निकालेको ४ घण्टापछि उनी पराजित भएको सूचना निर्वाचन कार्यालयले सार्वजनिक गर्दा एमाले समर्थक आक्रोशित भएका छन्।

उनको ठाउँमा कांग्रेसका इस्राइल नाउलाई निर्वाचित गराइएपछि आफ्नो बेइज्जती भएको ठहर अजमेरले गरेका छन्। यसबारे छलफल गर्न अहिले निर्वाचन कार्यालयमा सबै पक्षको बैठक बसिरहेको छ। एमालेले मतगणनामा लापरबाही भएको भन्दै मतगणनाका कर्मचारी फेर्न माग गरेको छ।

Leave a Reply

Your email address will not be published.