केशव स्थापित र सिर्जना सिंह निकै पछाडि छोडिए , बालेनको मत कति पुग्यो ?

समाचार

काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिह्न लिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह भनिने बालेन्द्र साहको अग्रता कायमै छ । सोमबार राति प्राप्त मतपरिणामअनुसा उनले मतान्तर फराकिलो बनाउँदै ८ हजार २४८ मत पाएका छन् ।

वडा नम्बर १ र २ को मतगणना सकिएर अहिले वडा नम्बर ३,४,५,६, ३२ र ३२ को गणना राष्ट्रियसभागृहमा जारी छ । मतगणना जारी रहँदा एमालेका उम्मेदवार केशव स्थापित ४३४२ मतका साथ दोस्रो स्थानमा छन् भने ३७८१ मतका साथ तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ रहेकी छन् ।

ललितपुरमा चिरिबाबुको दोब्बरभन्दा बढीको अग्रता-ललितपुर- ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले दोब्बरभन्दा बढीको अग्रता बनाएका छन्।

जारी मतगणनाको अध्यावधिक विवरण अनुसार चिरिबाबुले एमालेका हरिकृष्ण व्यञ्‍जनकारमाथि ३ हजार ५४० मतको अग्रता बनाएका छन्। चिरिबाबुले ५ हजार ६२६ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले २ हजार ७८ मत प्राप्त गरेका छन्।

त्यस्तै राप्रपाका अष्टबहादुर महर्जनले ५२२ मत पाएका छन्। उपमेयरमा भने एमाले उम्मेदवार मन्जली शाक्य बज्राचार्यले २ हजार ५५२ मतसहित अग्रता बनाएकी छन्। उनलाई माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १८४८ मत ल्याएर पछ्याइरहेका छन्।

Leave a Reply

Your email address will not be published.