प्रधानमन्त्री देउवाको यस्तो काण्ड बाहिरियो, निहुरियो सिंगो देशकै शिर !

Uncategorized समाचार

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै निहुरिने काण्ड गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । देशकै कार्यकारी प्रमुख रहेका देउवाले व्यक्तीमा हुनुपर्ने संस्कार समेत देखाउन नसकेको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको हो ।

आज लुम्बिनीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक प्रार्थनामा सहभागी भए । मायादेवी मन्दिरभित्र भएको प्रार्थनाका क्रममा देउवाको पोजलाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

सार्वजनिक भएको भिडिओमा भारतीय प्रधानमन्त्री दुवै हात जोडेर ध्यानमुद्रामा देखिएका छन् । प्रधानमन्त्री देउवा भने अधैर्यतापूर्वक यसोउसो गर्छन् र हात बाँधेर बस्छन् । फेरि यसो मोदीतिर पुलुक्क हेर्छन् अनि उनको सिको गर्दै दुवै अल्छे पारामा दुई हात जोड्छन् । उनको बसाइ पनि बेढंगको छ ।

सार्वजनिक भएको अर्को एउटा तस्वीरमा देउवाले मोदीसँगै बसेर बडेमानको हाइ काढेको पनि देखिएको छ । देशका प्रधानमन्त्रीले विदेशी अतिथिसँग बस्दा अनुशासनहिनता देखाएको भन्दै सामाजिक सञ्जालमा देउवाको आलोचना भइरहेको छ ।

यस्तै यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको एउटा तस्बिरमा प्रधानमन्त्री शेरबहादुर देउवाको बसाइलाई लिएर हास्यव्यंग्य कलाकार मनोज गजुरेलले प्रश्न उठाएका छन् । प्रार्थना गर्दाको समयमा देउवाको बसाइ अनुचित रहेको उनको प्रतिक्रिया छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै गजुरेलले सबैले हात जोडेको ठाउँमा प्रधानमन्त्रीले पनि हात जोड्नुपर्ने र पूजा प्रार्थना गर्दा शान्त बस्नुपर्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘सरकार प्रमुखका सानासाना गतिविधिहरुले अर्थ राख्छ । आचार, विचार र शिष्टाचार देशको इज्जतसँग जोडिएको हुन्छ । यति सानो कुरा पनि सल्लाहकारले भन्नुपर्ने हो कि आफैं जान्नुपर्ने हो ?’

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणका क्रममा मायादेवी मन्दिरमा खिचिएको तस्बिर हो यो । तस्बिरमा मोदीले दुवै हात जोडेर ध्यानमुद्रामा छन् भने देउवा चाहिँ आफ्नै धुनमा देखिएका छन् ।

Leave a Reply

Your email address will not be published.