काठमाडौंमा २४ हजार २०० गणना गर्दा बालेनले कटाए १० हजार मत

राजनिति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म २४ हजार २०० मतगणना भइसकेको छ ।

ताजा मत परिणामानुसार स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले १० हजार ४६ मतसहित अग्रता कायमै गरेका छन् । नेकपा (एमाले)का उमेदवार केशव स्थापितले बालेनको भन्दा आधा कम मत प्राप्त गरेका छन् । उनले पाँच हजार ३१४ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले चार हजार ६४१ मत पाएकी छन् ।

विराटनगरमा कांग्रेसका कोइराला १७ सय १९ मतले अगाडि

मोरङ – विराटनगर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका मेयर नागेश कोइरालाले अग्रतालाई निरन्तरता दिएका छन्।मंगलबार बिहानसम्मको मतपरिणामअनुसार कोइराला निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर थापाभन्दा १७ सय १९ मतले अगाडि रहेका छन्।

२२ हजार ९ सय ९५ मत गणना हुँदा कोइरालाले ७ हजार १२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी थापाले ५ हजार ४०६ मत प्राप्त गरेका छन्।स्वतन्त्रतर्फबाट उमेश यादवले २ हजार ४६१ मत प्राप्त गरेका छन् भने राप्रपाका उम्मेदवार प्रह्लाद साहले १ हजार ३६३ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा नेकपा एमालेको तर्फबाट शिल्पा कार्कीले ६ हजार १७७ मत प्राप्त गरेकी छन् भने उनको निकटतम प्रतिद्वन्दी जसपाका अमरेन्द्र यादवले ४ हजार ७७ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published.