ओली र नेपालको क्षेत्रमा राप्रपाको धक्का !

राजनिति समाचार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले गणना भइरहेका तीनवटा नगरमा मात्रै अग्रता लिएको छ। टौंडा उपमहानगरपालिकामा चर्को प्रतिस्पर्धा भइरहँदा, दमक नगरपालिका, हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता लिएका हुन्।

राप्रपाले अग्रता लिएको दमक केपी ओलीको र काठमाडौंको शंखरापुर माधव नेपालको निर्वाचन क्षेत्रमा पर्छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपाले ९ सय मतको अग्रता लिएको छ। नगर प्रमुखमा राप्रपाका रामकुमार थापाले ७ हजार २०१ मतसहित अग्रतथा बनाएका हुन्।

उनका प्रतिस्पर्धी एमालेकी गीता कुमारी पौडेल अधिकारीले ६ हजार ३२४ मत पाएकी छन्। यहाँ उपप्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसकी रेगिना भट्टराईले ६ हजार ८७९ मत पाउँदा प्रतिस्पर्धी अम्बिका प्रसाद खनालले ६ हजार २११ मत पाएका छन्। यहाँ सत्ता गठबन्धनले राप्रपालाई सहयोग गरेको छ।

झापाकै हल्दिबारी गाउँपालिकामा पनि राप्रपाका रविन्द्रप्रसाद लिङदेनको अग्रता छ। यहाँ पनि राप्रपाले एमालेलाई पछि पारेको हो। लिङदेनले ५ हजार १४१ मत ल्याउँदा एमालेका डम्बरबहादुर गिरीले ३ हजार ६३५ मत मात्रै पाएका छन्।

उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनालीले ४ हजार २४ मत सहित अग्रता लिएकी छन्। एमालेकी शान्तादेवी गौतमले ३ हजार ३९३ मत पाएकी छन्।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार लेपालको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौंको शंखरापुर नगरपालिकामा पनि राप्रपाले अग्रता लिएको छ।

शंखरापुरमा २ हजार ७१७ मत गणना गर्न बाँकी हुँदा राप्राले २१८ मतको अग्रता बनाएको छ। राप्रपाका रमेश नापितले ३ हजार ७०३ मत पाउँदा एकीकृत समाजवादीका एलपी श्रेष्ठले ३ हजार ४८५ मत पाएका छन्। उपप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठको जित सुनिश्चित भइसकेको छ। उनले ५ हजार ५३४ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published.