भरतपुरमा सुवेदीभन्दा रेणु ३ सय ११ मतले अगाडि

राजनिति समाचार

चितवन : भरतपुर महानगरपालिकामा प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार जम्मा १९५८३ मत गणना हुँदा दाहाल ३ सय ११ मतले अगाडि छिन्। दाहालले ६६०२ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले ६२९१ मत प्राप्त गरेका छन्। स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ८०२६ मत ल्याउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङ‍ले ५२५३ मत प्राप्त गरेकी छिन्।

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरमा टिकट वितरण प्रक्रियामै कमजोरी भएकोले आफूहरू असफल भएको प्रतिक्रिया जनाएका छन् ।‘एमालेविरुद्ध सबै दलहरू गठबन्धन बनाएर लागेका बेला पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उद्देश्यले लागेका थियौं’‚ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘टिकट वितरण प्रक्रियामा देखिएका

असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्रा बारेमा फिँजाइएका भ्रम समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरूका बारेमा गरिएका कु–प्रचार तोड्न सकेनौँ ।’

जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको विकास र गतिविधि गर्दा पनि मध्यपुर थिमि नगरपालिका १, २,५ वडामा अध्यक्ष पराजित भएर मिश्रित परिणाम आएको उल्लेख गरेका छन् । उनले प्रमुख र उपप्रमुखमा मत घटेकाले लगभग हारको नजिक पुगिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.