काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ११ हजार ८१५ मत ल्याएका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँगको अग्रता बढाइरहेका छन्।
पछिल्लो विवरणअनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका केशव स्थापितभन्दा ६ हजार ३ सय १९ मत ल्याएका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले ५ हजार ५ सय २५ मत पाएकी छन्।
यो पनि
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन् ।
१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।