भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको छन्।
वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ७ हजार ८९२ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार ११२ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर बढाउँदै लगेका छन्। उनले १० हजार ७७४ मत ल्याएका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले ६ हजार ४५४ मत प्राप्त गरेकी छन्। अहिले भरतपुर ६ नम्बर वडाको मतगणना जारी छ। यस वडामा अध्यक्षमा भने एमाले अगाडी छ।
गुलरिया नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी-बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा मुक्तिनाथ यादव र उपप्रमेयरमा सवित्रा गौतम निर्वाचित भएका हुन् ।
मेयरमा निर्वाचित गौतमले ७ हजार ९८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाए । मेयरका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका गेहेन्द्र प्रसाद ढकालले ५ हजार १०, जनमत पार्टीका मंगरे गोडियाले ३ हजार ४७५, राप्रपाका सुजित राय श्रीवास्तवले १ हजार ५८३ र जसपाका सुधाकर मिश्रले १ हजार ४२४ मत पाएका छन् ।
गुलरिया नगरपालिकाको उपमेयर पदमा नेपाली कांग्रेसकी सावित्रा गौतम ८ हजार २०७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी टिका कुमारी समसेली मगरले ७ हजार ४६२ मत पाइन् ।