ज्ञानेन्द्र शाही जुन पार्टीको सबैभन्दा चर्को विरोध गर्थे आज त्यही पार्टीले शाहीको गृहगाउँपालिकामै मार्यो बाजी

राजनिति समाचार

स्थानिय चुनावको नतिजा बाहिरिरहेको छ । देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताको वडा र पालिका नै अर्को पार्टीले जितेका खबरहरु आइरहेका छन् ।

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापती शेर बहादुर देउवाको आफ्नै वडामा कांग्रेस हारेको देखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा एमाले हारेको समाचार आइरहेका हुन् ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले सामाजिक अभियान्ता बनेदेखि सबैभन्दा बढी आलोचना गर्ने पार्टीले नै शाहीको गृहपालिकामा बाजी मारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता शाहीको गृह गाउँपालिकाका सिंजामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ ।

अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित माओवादीकी रोकायाले १ हजार ९५६ मत पाइन् भने काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् । शाहीको पार्टी राजेन्द्र लिङ्देन पार्टीको नेतृत्वमा आएपछि राप्रपाको देशभरको अवस्थामा भने उलेख्य सुधार आएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published.