झापाको हल्दिबारी अध्यक्षमा राप्रपाका लिङ्देन विजयी

राजनिति समाचार

बिर्तामोड — झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जितेको छ । बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित रविन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका माइला भाइ हुन् । उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् ।

लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई दुई हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन् । हल्दिबारीको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित लिङ्देनले ६ हजार ८ सय ५६ मत पाएका छन् । पराजित भएका एमालेका गिरीले ४ हजार ६ सय ६६ मत मात्र पाए । गिरी हल्दिबारीका निवर्तमान उपाध्यक्ष हुन् ।

गाउँपालिका उपाध्यक्ष निर्वाचित राप्रपाकी मैनालीले ५ हजार ७८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४ हजार १ सय ६ मत मात्र प्राप्त गरिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा हल्दिबारीमा उपाध्यक्ष गिरीको नेतृत्वमा एमालेको बहुमत थियो ।

हल्दिबारी राप्रपा अध्यक्ष लिङ्देनको गृह पालिका हो । हल्दिबारी झापा निर्वाचन क्षेत्र ३ मा पर्छ । उक्त क्षेत्र राप्रपा अध्यक्ष लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको प्रभाव पर्ने क्षेत्र हो ।

ज्ञानेन्द्र शाही जुन पार्टीको सबैभन्दा चर्को विरोध गर्थे आज त्यही पार्टीले शाहीको गृहगाउँपालिकामै मार्यो बाजीस्थानिय चुनावको नतिजा बाहिरिरहेको छ । देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताको वडा र पालिका नै अर्को पार्टीले जितेका खबरहरु आइरहेका छन् ।

डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापती शेर बहादुर देउवाको आफ्नै वडामा कांग्रेस हारेको देखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा एमाले हारेको समाचार आइरहेका हुन् ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीले सामाजिक अभियान्ता बनेदेखि सबैभन्दा बढी आलोचना गर्ने पार्टीले नै शाहीको गृहपालिकामा बाजी मारेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता शाहीको गृह गाउँपालिकाका सिंजामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा माओवादी केन्द्रले जितेको छ ।

अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका छन् ।अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित माओवादीकी रोकायाले १ हजार ९५६ मत पाइन् भने काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् । शाहीको पार्टी राजेन्द्र लिङ्देन पार्टीको नेतृत्वमा आएपछि राप्रपाको देशभरको अवस्थामा भने उलेख्य सुधार आएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published.