काँग्रेसको गढ़ गगन थापाको वडामा पनि बालेन साहलाई अत्याधिक मत

राजनिति समाचार

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको वडा काठमाडौं महानगरपालिका –३० मा पनि स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएको छ । काठमाडौं–३० को ६ सय मत गन्दा बालेनले २३३ मत पाएका छन् ।काँग्रेस उम्मेदवार सिर्जना सिंहले १०६ मत पाएकी छिन् । महामन्त्री थापाको वडामै काँग्रेस उम्मेदवार सिर्जना १२७ मतले पछाडि परेकी छिन् । यहाँ एमाले उम्मेदवार केशव स्थापित ७९ मत ल्याएर तेस्रो स्थानमा छन् ।

काठमाडौंका १ र २ मत गणना सकिएको छ भने ३, ४, ५, ६, २९,३०, ३१ र ३२ नम्बर वडाको जारी छ । जसमा बालेनले १२ हजार ५५३ मत ल्याएका छन् भने स्थापितले ६ हजार ७०६ र सिर्जनाले ५ हजार ९५७ मत प्राप्त गरेकी छिन् ।

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रसका विजयी भएको छ । मेयरमा कांग्रेसका लालवीर भण्डारी र उपमेयरमा मुक्तिदेवी रेग्मी निर्वाचित भएका हुन् ।भण्डारीले ५९०९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर थापाले ५११८ मत ल्याएका छन् ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मुक्तिदेवी रेग्मीले ६९४ मत ल्याउँदा एमालेकी दुर्गाकुमारी जैसीले ५१६८ ल्याएकी छिन् । रेग्मी २०७४ को स्थानीय निर्वाचनमा पनि उपाध्यक्षमै निर्वाचित भएकी थिइन् ।पञ्चपुरी नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेस नै निर्वाचित भएको थियो ।

Leave a Reply

Your email address will not be published.