२१ वर्षिय युवा गाउँपालिका अध्यक्षमा विजयी

समाचार

काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय वशिष्ठकुमार कलवाल निर्वाचित भएका छन्।बिबिएको अध्ययन सकेर एमबिएको तयारीमा रहेका कलवालले गाउँपालिका अध्यक्ष जितेका हुन्।

अन्तिम मतपरिणाम अनुसार वशिष्ठकुमारले ३ हजार ७ सय ४३ मत ल्याएका छन्।कलवालले नेपाली कांग्रेसका अजयकुमारलाई पराजित गरेका हुन्। अजय कुमारले ३ हजार ६ सय २६ मत ल्याएका छन्।

वशिष्ठकुमार जसपा पर्साका नेता दिनेशकुमार कलवालका भतिजा हुन्।ुदिनेशजीले मेरो भतिजो युवा छ। पार्टीमा क्रियाशील छ। उसैलाई उठाउने हो भने जित्छ भन्नुभयो। उहाँकै आग्रहमा टिकट दिएको हो,ु जसपा सांसद प्रदीप यादवले सेतोपाटीसँग भने,ु२१ वर्ष २ महिना मात्रै पुगेका युवाले चुनाव जितेका छन्। यसले हामीलाई उत्साही बनाएको छ।ु

२०७४ मा यो पालिकामा नेपाली जनता दलका नाथुनीप्रसादले अध्यक्ष जितेको थिए। तत्कालिन संघीय समाजवादी फोरम९अहिलेको जसपा०ले उपाध्यक्ष जितेको थियो। अध्यक्ष नाथुनीप्रसादको कोरोनाका कारण निधन भएको थियो। यसअघि सर्लाहीको रामनगरमा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादवले गाउँपालिका अध्यक्ष जितेका थिए।

Leave a Reply

Your email address will not be published.