डेढ लाख नगद, पाँच तोला सुन लुटपाटपछि घरमा आगजनी

समाचार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ को एक घरमा लुटपाट गरी आगजनी गरिएको छ । उपमहानगरपालिका वडा नम्बर ४ कटैयाचौरीस्थित अजय साहको घरमा लुटपाट गर्दै अज्ञात समूहले आगजनी गरेका हुन्।

साहको घर रहे पनि मनरा शिस्वा नगरपालिका वडा नम्बर ९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए।
आगजनीमा परी ३ वटा एसी,फ्रीज,लुगा फाटो, दराज, सोफासेट,एलईडी लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्।आगजनीमा झ्याल, ढोका भेन्टिलेटर लगायतका सामान समेत जलेर नष्ट भए।

आगजनीअघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद, पाँच तोला सुनको गहना, १० तोला चाँदीको गहना तथा केही अन्य सामान चोरेर लगेको छ। घटना अबेर राति भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीले देखेपछि झाका परिवारजनलाई खबर गरेका थिए।

सिद्धबाबालाई सफाइ दिने फैसला उल्टियो-काठमाडौं । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार मुद्दामा सफाइ दिने निर्णय उल्टाएको छ । उल्टाउने फैसला सुनाएको छ। उच्चले जिल्ला अदालतको सफाइ दिने फैसला त्रुटीपूर्ण देखिएको तथ्यभित्र प्रवेश गरेर पुनः इन्साफ गर्नु भनि जिल्ला अदालत फर्काएको हो।

न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले यस्तो फैसला सुनाएको हो। उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश जोशीसहितको यो फैसलाले अब सुनसरी जिल्लाले यो विवादमा फेरि प्रमाण हेरेर सुनुवाइ गर्दै फैसला सुनाउनुपर्ने भएको छ। जिल्लाले साक्षीको बकपत्र, अडियोलगायत अन्य प्रमाण हेरर पूनः जाँच गर्दै फैसला गर्न भनेको छ।

सुनसरी जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिँदा एकतर्फी बहसमात्र सुनेर फैसला गरेको थियो। जिल्ला अदालतले सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीको बहसबिना नै फैसला सुनाएपछि यो विषय विवादित बनेको थियो। तत्कालीन जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले जिल्ला सरकारी वकिलको कार्यालयले सार्नका लागि दिएको निवेदन अस्वीकार गर्दै फैसला सुनाएका थिए। लगत्तै उनी उच्च अदालतको न्यायाधीशमा बढुवासमेत भएका थिए।

यो विवाद सर्वोच्चसम्म आएको थियो। सर्वोच्चले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको केही समयमा जिल्लाले सफाइ दिने फैसला सुनाएको थियो।

आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ पुस १४ गते धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो। उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

Leave a Reply

Your email address will not be published.