‘ओलीले उद्घाटन गरेका ठूला बिजुली बस कहाँ चलिरहेका छन्?’

समाचार

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रमा भर्‍याङ हाल्ने कुरा गरे पनि काम नगरेको बताएकी छन्।बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले ओलीले बिजुली बस विस्तार गर्छु भनेर गफ मात्रै गरेको आरोप लगाइन्।

‘अहिले काठमाडौंमा सफा टेम्पो बाहेकका बिजुली सवारी गुडेको देखिँदैन,’ उनले भनिन्, ‘बेलुनले सजाएका ठूलाठूला बिजुली बस पूर्व प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पत्रिकामा देखिएको थियो। तर ती बस अहिले कहाँ चलिरहेका छन्?’

ओलीले चलाउनका लागि नभएर देखाउनका लागि मात्रै ती बस ल्याएको मन्त्री झाँक्रीले आरोप लगाइन्। ‘सरकारले दुइटा बिजुली बस देखाएर विद्युतीकरण हुँदैन। निजी क्षेत्रले चार वटा बिजुली कार किन्दैमा पनि परिवर्तन भइहाल्दैन। यसका लागि नीति आवश्यक छ,’ उनले भनिन्।

काठमाडौं । नेकपा माओवादी केन्द्रले विगतमा निर्वाचन जितेको दुई नगरपालिकामा यसपटक पराजय व्यहोरेको छ।उसले बारबर्दिया नगरपालिका र मधुवन नगरपालिका गुमाएको छ।

यसपटक दुबै नगरपालिकामा कांग्रेस विजयी भएको छ। बारबर्दियामा नेपाली कांग्रेसका छविलाल थारू र उपप्रमुखमा कांग्रेसकै रत्नकुमारी पाण्डे निर्वाचित भएका छन्। यसअघि माओवादी केन्द्रले प्रमुख र उपप्रमुख दुबै जितेको थियो।

त्यस्तै मधुवन नगरपालिका प्रमुखमा कांग्रेसकै तेजबहादुर भाट निर्वाचित भएका छन् भने उपप्रमुखमा अनिता चौधरी निर्वाचित भएकी छन्।यसअघि दुबै पदमा माओवादी केन्द्र विजयी भएको थियो। माओवादी केन्द्रले यसअघि जितेको राजपुर नगरपालिकामा मात्रै विजय हासिल गरेको छ।

राजापुरमा माओवादी केन्द्रका दिपेश थारी प्रमुखमा निर्वाचित भएका छन् भने उपप्रमुखमा मनकलाकुमारी चौधरी निर्वाचित भएकी छन्।

बर्दियका ८ पालिकामध्ये नेपाली कांग्रेसले ५ मा जित हासिल गरिसकेको छ। गुलरिया नगरपालिका,गेरूवा गाउँपालिका, मधुवन नगरपालिकामा, बारबर्दिया नगरपालिका प्रमुख र उपप्रमुख दुवै

जितेको छ भने ठाकुरबाबा नगरपालिकामा प्रमुख कांग्रेस र उपप्रमुख एमाले विजयी भएको छ। बाँसगढी नगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको छ। बढैयाताल गाँउपालिकाको मत गणना जारी छ।

Leave a Reply

Your email address will not be published.