केशव स्थापितले लिए अग्रता !

राजनिति

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्। वडा २८ को प्रारम्भिक चरणको मतगणनामा उनले अग्रता लिएका हुन्। पछिल्लो मत परिणामअनुसार २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन्।

कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम रहेका छन्। दोस्रोमा स्थापितले ९०५६ मत ल्याएका छन् भने तेस्रोमा सिर्जना सिंहले ८१२८ मत ल्याएका छन्।

काठमाडौं महानगर : बालेन स्थापितभन्दा ८७२० मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८७२० मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १८२३७ मत प्राप्त गर्दा स्थापितले ९५१७ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८५३७ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।

Leave a Reply

Your email address will not be published.