विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना

समाचार

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा दर्जन बढी घाइते भएका छन् ।मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर- १० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही केशव केसीले जानकारी दिए । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेकाे छ भने दर्जनभन्दा बढी घाइते भएकाे प्रहरीले जनाएको छ । सिद्धार्थनगर- १० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।

ललितपुर । ललितपुरको बालकुमारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय युवक रहेका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारको क्रममा आज बिहान ३ बजे बिएण्डबी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२३ प ०४९१ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका युवकलाई गएराती सवा ९ बजे ठक्कर दिएको थियो । मोटरसाइकल सहित चालकलाई प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.