हाम्रो पार्टीलाई धेरैले हेप्थे, तर जनताले रुचाएः वर्षमान पुन

राजनिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले पार्टीलाई दलहरुले हेपेपनि नागरिकले भने एजेण्डा रुचाएको दाबी गरेका छन्।बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा नेता पुनले भने माओवादी केन्द्र निर्णायक शक्ति भएको बताए।

‘‘धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे । तर हामी निर्णायक शक्ति हौँ। हाम्रो एजेण्डा जनताले रुचाएका छन् भन्ने स्थानीय निर्वाचनले पुष्टि गरेको छ’’, उनले भने, ‘‘अपेक्षा यो भन्दा अझ राम्रो थियो, तर हाम्रो कतिपय ठाउँमा उम्मेदवार, आन्तरिक मतभेदहरु मिलाउन सकेनौँ।’’

उनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताए। नेता पुनले स्थानीय तह निर्वाचनमा २५ प्रतिशत ठाउँमा मात्र गठबन्धन गरेको उल्लेख गर्दै गठबन्धन सफल भएको उल्लेख गरे।

काठमाडौंं। सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् ।

थापा प्रतिस्पर्धी भन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ११ हजार ३५७ मत प्राप्त ग्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ले ७ हजार ३६८ मत मात्रै पाए ।

मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनले १० हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइन् ।

बागमतीसहित माओवादी केन्द्रले सर्लाहीमा चारवटा पालिकामा जित निकालेको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले बलरा नगरपालिका र रामनगर गाउँपालिका जितेको थियो ।

Leave a Reply

Your email address will not be published.