बालेनले कटाए २० हजार मत, स्थापित र सिर्जना कछुवागतिमा पछ्याउँदै

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारअले अग्रता फराकिलो बनाएका छन् ।सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार १ सय ११ मत पाएका छन् भने उनलाई नेकपा एमालेका केशव स्थापितलाई १० हजार १ सय १३ मतले पछि पारेका छन् ।

स्थापितले १० हजार ९ सय ९८ मत पाएका छन् । यस्तै सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ९१० हजार १ सय १३ ले मत पाएकी छन् । उनी स्वतन्त्र उम्मेदवारभन्दा १० हजार९ सय ३८ मतले पछि छन् भने केशव स्थापितभन्दा ८२५ मतले पछि छन् । उपमेयरतर्फ नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन् ।

भरतपुर महानगर पालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाउन सफल भएकी हुन् । रेनुले १४३७७ मत पाउदा उनका प्रतिस्पर्धी विजय सुवेदीले ११४३१ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगनाथ पौडेलले ५९९७ मत पाएका छन् । हाल सम्म उपमेयरमा चित्रसेन अधिकारीले १६७४१ राप्रपाकी हिमला गुरुङले ९२६९ मत ल्याएकी छिन् ।

४९ पालिका जहाँ भयो सयभन्दा कम मतको हारजित

स्थानीय तह निर्वाचनको पाँचौँ दिन बुधबार साँझसम्म अन्तिम मतपरिणाम आएकामध्ये ४९ पालिका प्रमुखमा पेचिलो हारजित भएको छ । यी तहमा सयभन्दा कम मतान्तरले नेतृत्व चयन भएको छ । केही तहमा त २, १०, १४, १६ मतले मात्रै पनि पालिका प्रमुख निर्वाचित भएका छन् ।

४९ मध्ये सबैभन्दा धेरै अर्थात् २४ तहमा कांग्रेस सयभन्दा कम मतान्तरले हारेको छ । उसले २० तहमा सयभन्दा कम अन्तरले जितेको छ । उसले जितेका १७ मध्ये ११ तहमा एमालेलाई हराएको हो । बाँकी ६ तहमध्ये चारमा माओवादी केन्द्र तथा दुईमा लोसपा र स्वतन्त्रलाई पराजित गरेको छ ।

त्यस्तै, एमाले १५ तहमा सयभन्दा कम भोटले पराजित भएको छ भने २२ तहमा सोही अन्तरले विजेता बनेको छ । एमालेले जितेका २२ मध्ये १८ तहमा कांग्रेसलाई हराएको हो । दुई तहमा माओवादी तथा एक–एक तहमा जसपा र एकीकृत समाजवादीलाई पराजित गरेको छ ।

माओवादी भने सयभन्दा कम भोटले ६ तहमा पराजित हुँदा सात तहमा विजेता भएको छ । उसले जितेका सातमध्ये चारमा एमाले र तीन तहमा कांग्रेसलाई हराएको हो ।

जसपा, लोसपा, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक तह सयभन्दा कम भोटको अन्तरमा गुमाएका छन् । जसपा र एकीकृत समाजवादीले भने यही भोट अन्तरमा एक–एक तह जितेका पनि छन् । जसपा र एकीकृत समाजवादीले ती एक–एक तहमा कांग्रेसलाई पराजित गरेका हुन् ।

सयभन्दा कम मतान्तरमा हारजित भएका उदाहरण दुई मतको फरकदेखि सुरु भएको छ । मुस्ताङको घपरजोङ गाउँपालिकामा कांग्रेसका मोहनसिंह लालचनले एमालेका सञ्जयकुमार थकालीलाई दुई मतले मात्रै पराजित गरेका हुन् । दुई हजार ८४ मतदाता रहेको गाउँपालिकामा लालचनले सात सय ६० मत ल्याउँदा थकालीले सात सय ५८ भोट ल्याएका हुन् ।

२० भन्दा कम मतान्तरमा हारजित हुने तह घपरजोङसहित पाँच वटा छन् । गुल्मीको मदाने गाउँपालिकामा कांग्रेसका महेन्द्र कुँवरले १० मतको अन्तरमा एमालेका प्रेमबहादुर केसीलाई हराए । १६ हजार तीन सय ८२ मतदाता रहेको उक्त गाउँपालिकामा कुँवरले चार हजार सात सय सात मत पाउँदा प्रतिद्वन्द्वी केसीले चार हजार ६ सय ९७ मत ल्याएका हुन् ।

धनकुटाको धनकुटा नगरपालिकामा भने एमालेका चिन्तन तामाङले १४ मतले कांग्रेसका दिनेश राईलाई हराएका छन् । २२ हजार नौ सय ७१ मतदाता रहेको नगरपालिकामा तामाङले सात हजार ६ सय ६६ मत ल्याउँदा प्रतिद्वन्द्वी राईले सात हजार ६ सय ५२ मत मात्रै ल्याएका हुन् ।

दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस र एमाले उम्मेदवारीबीच १६ मतान्तरले मात्रै हारजित भएको छ । कांग्रेसकी रिता शाहीले एमालेका सर्वराज महतरालाई पराजित गरेकी हुन् । १२ हजार नौ सय ३१ मतदाता रहेको गाउँपालिकामा शाहीले तीन हजार नौ सय ७६ र प्रतिद्वन्द्वी महतराले तीन हजार नौ सय ६० मत ल्याएका हुन् ।

पर्साको धोबिनी गाउँपालिकामा कांग्रेस उम्मेदवार जसपाका उम्मेदवारसँग २० मतको अन्तरमा पराजित भए । जसपाका मदन चौहानले तीन हजार १९ मत ल्याएर पालिका अध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी वशिष्ठ कुर्मीको तीन हजार ७१ मत आएको छ ।

२० भन्दामाथि ५० भन्दा कम मतान्तरमा हारजित हुने १९ तह छन् । अछामको अछामको तुर्माखाँद गाउँपालिकामा एमालेका उम्मेदवार डम्बर बिसीले तीन हजार पाँच सय २३ मत ल्याएर कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढालाई हराए । बुढाले तीन हजार चार सय ९३ मत ल्याएका थिए । दुई उम्मेदवारको मतान्तर ३० मात्रै हो । गाउँपालिकामा १५ हजार पाँच सय ११ मतदाता छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच मात्रै २४ मतले हारजित भएको छ । एक हजार ६ सय ९६ मत रहेको तहमा माओवादीका उम्मेदवार नारासिंह रोकायले सात सय ७० र उनका प्रतिद्वन्द्वी हेम महतराले सात सय ४६ मत ल्याएका हुन् ।

त्यस्तै, बैतडीको सुर्नया गाउँपालिकामा पनि एमाले उम्मेदवार अम्मर कुँवरले २६ मतको मात्रै अन्तरमा एकीकृत समाजवादीका नरेन्द्र विष्टलाई हराएका छन् । कुँवरले दुई हजार तीन सय ५० र विष्टले दुई हजार तीन सय २४ मत ल्याएका हुन् ।

सिराहाको सखुवा नन्नकारकट्टी गाउँपालिकामा पनि २६ मतको मात्रै अन्तरमा हारजित भएको छ । एकीकृत समाजवादी पार्टीका उम्मेदवार केदारनाथ यादवले तीन हजार चार सय सात मत ल्याएर कांग्रेसका उम्मेदवार शत्रुधन साहलाई २६ मतको अन्तरले हराएका हुन् । साहले तीन हजार तीन सय ८१ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published.