केशव स्थापितकै वार्डमा एमाले पुरै विस्थापित, वार्ड नम्बर २८ मा कांग्रेसको पुरै प्यानल विजयी !

राजनिति

काठमाडौं महानगरमा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितकै वडा २८ मा उनकै दल नेकपा एमाले विस्तापित भएको छ अर्थात् क्लिन स्विप भएको छ।यस वडामा वडाध्यक्षदेखि सबै सदस्यमा कांग्रेसका उम्मेदवारले जित निकालेको छ।

वडा २८ मा कांग्रेसका भाइराम खड्की वडाध्यक्षमा निर्वाचित भएका छन्। उनले १२८२ मत पाउँदा एमालेका विपेन्द्र खड्कीले १०७० मत पाए। यसैगरी वडा सदस्य पनि कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन्।

महिला सदस्यमा कांग्रेसकी निनाकुमारी खड्की, दलित महिला सदस्यमा कांग्रेसकी ललिता कार्की दली र दुई पुरुष वडा सदस्यमा कांग्रेसकै अरुण तन्डुकार र वीरेन्द्र महर्जन निर्वाचित भए।

यस्तै झापाको दमक नगरपालिकामा राप्रपाका राम थापा विजयी भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा राप्रपाका थापा विजयी भएका हुन् ।

झापामा सत्ता गठबन्धनसहित राप्रपाको गठबन्धन रहेको थियो भने एमाले एक्लै लडेको थियो । योसँगै दमकमा एमालेको लामो समयदेखिको विरासत ढलेको छ ।

Leave a Reply

Your email address will not be published.