काठमाडौंमा सबै चकित हुने बालेनको मत [ ताजा अपडेट ]

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता जारी रहेको छ ।

उहाँ २४,३२४ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । साहलाई पछ्याइरहनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशव स्थापितले १२,५७३ मत ल्याउनु भएको छ ।

सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ १२०९३ मतका साथ तेश्रो नम्बरमा रहनु भएको छ ।

उपप्रमुखतर्फ नेकपा एमालेकी सुनिता डंगोल धेरै अगाडि हुनुहुन्छ । उहाँले १९९५६ मत ल्याउँदा नेकपा एकिमृत समाजवादीका रामेश्‍वर श्रेष्ठ ६३१६ मतमा खुम्चिनु भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैया ३४४९ मतका साथ तेश्रो स्थानमा आउनु भएको छ ।

लगातार दोहोर अग्रता लिइरहेपछि अहिले नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता नै चकित बनेका छन् । दोब्बर अंक कहिलै नछोडेपछि उनीहरुले आफ्नो पार्टीका उम्मेदवारले जित्ने कुरामा हार खाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.