चुनाव जिते भने बालेन यसकारण एमाले बन्छन्

राजनिति

काठमाडौ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह को विजय हुने आँकलन गर्न थालिएको छ ।नेकपा (एमाले) का उम्मेदवार केशब स्थापित र नेपाली कांग्रेसका उम्मेदवार र्सिजना सिंह भन्दा बालेनको धेरै मतको अग्रता छ ।उहाँ विजयी भएपनि नेपालको कानूनी व्यवस्थाका कारण काम गर्न नसक्ने विभिन्न अड्कलबाजीहरु आइरहेका छन् । हुनपनि हो बालेनले यो चुनाव एक्लै जितेर मात्र हुन्न । फेरी नगर कार्यपालिका चुन्नुपर्ने हुन्छ ।

नगर कार्यपालिकामा एकजना प्रमुख, एकजना उपप्रमुख, महानगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु, नगरसभाले आफूमध्येबाट निर्वाचित गरेको ५ जना महिला सदस्यहरु र दलित वा अल्पसंख्यक समुदायबाट नगरसभामा निर्वाचित गरेको ३ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्छ ।

त्यहाँ बहुमत नभएको खण्डमा बालेनलाई काम गर्न अति कठिन छ । नीति, थिती, ऐन, कानून, बजेट पारित सबै नगर कार्यपालिकाको बहुमतबाट गर्नुपर्ने हुन्छ । नगर कार्यपालिकामा उहाँ एक्लै हुनुहुन्छ ।यही कारणले काम गर्न सकिन भन्ने देखाउँन जनताबाट भोट माग्नुभएको हो भने फेरी पाँच बर्ष बर्बाद मात्र हो ।

तर सोचेजस्तो काम गर्न चुनाव जितेपछि बालेनलाई दलको सदस्य बनेर दलीय एजेण्डा अनुसारको मार्गदिशामा काम गर्न पाउँने सुविधा भने छ । अहिलेको आँकडा हेर्दा बहुमत पुर्याउँन उहाँ नेकपा (एमाले) को कित्तामा उभिने प्रष्ट छ ।

किनभने एमाले कै उपप्रमुखको विजय हुने देखिन्छ । अधिकांश वडामापनि एमालेले जीत हात पारिरहेको छ । यसर्थ एमालेमा प्रवेश गर्न आधार बलियो छ ।

Leave a Reply

Your email address will not be published.