फ्याक्ट चेक : के बालेन साह दम्पतीलाई नै पुत्रीलाभ भएको हो ?

समाचार

काठमाडौं । बिहिबार बिहानैदेखि अचानक बालेन्द्र साह (बालेन) लाई पुत्रीलाभ भएको खबर सार्वजनिक भयो ।

यसबारे बालेनकी श्रीमती सविना काफ्लेलाई पनि फोन आएको आयै छ । धेरैले छोरी जन्माएको भन्दै बधाई दिइरहेका छन् ।

अर्काथरी नजिकका आफन्तले छोरी पाएको हो र भनेर आश्चर्य प्रकट गरिरहेका छन् । छोरी जन्माएको खबर पढेर उहाँलाई हाँसो उठ्यो ।

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गर्नुभएका बालेन दम्पतिको छोरी जन्मिएको समाचार विभिन्न अनलाइनमा आएको थियो ।

समाचार आएपछि धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । तर वास्तविकता भने बाहिर आएको भन्दा धेरै फरक रहेको छ ।

बालेन साहलाई नभई उहाँका दाजु कौशल साहलाई पुत्रीलाभ भएको हो । त्यो पनि बिहीबार होईन, बुधबार दिउँसो छोरी जन्मिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published.