अमेरिकी राष्ट्रपतिको भन्दा धेरै धनी छन् उपराष्ट्रपति कमला, यस्तो छ कमाईको काइदा

समाचार

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बैंक ब्यालेन्स (रकम) को मामिलामा राष्ट्रपति जो बाइडेनलाई पछि पारेकी छिन् ।

बाइडेनको दुई बैंक खातामा करिब ११ करोड रुपैयाँ छ ।जबकि ह्यारिसको व्यक्तिगत बैंक खातामा झण्डै १९ करोड रुपैयाँ जम्मा छ । उनको पति डग एमहोफसँग पनि खाता छ, जसमा ६ करोड भन्दा धेरै रुपैयाँ छ ।

राष्ट्रपति बाइडेनकी पत्नी जिल बाइडेनले आफ्नो खातामा सेवानिवृत्ति आयको रूपमा २ करोड रुपैयाँ राखेकी छिन् ।ह्यारिसका पति डग एमहोफको सेवानिवृत्ति खातामा १२ करोड भन्दा धेरै रुपैयाँ छ ।

उपराष्ट्रपति ह्यारिस पुस्तकको रोयल्टीमा राष्ट्रपति बाइडेनभन्दा अगाडि छन् । २०१९ मा ह्यारिसले ‘द ट्रुथ्स वी होल्ड’ नामक पुस्तक लेखेकी थिइन् ।

आफ्नो दोस्रो पुस्तक, ‘सुपरहीरोज आर एभ्रीव्हेर’, जसमा ह्यारिसले बच्चाहरूलाई उनीहरूको दैनिक जीवनमा मानिसहरूले उनीहरूका लागि गर्ने राम्रा कुराहरू पहिचान गर्न प्रोत्साहित गर्ने भन्ने कुराहरु सिकाएकी थिइन् ।

ह्यारिस आफैं पुस्तकको कभरमा व्यंग्य चित्रको रूपमा देखा परेकी थिइन् । सन् २०१९ मा ह्यारिसले आफ्ना दुवै प्रकाशित पुस्तकबाट ५ करोड रुपैयाँभन्दा बढी रोयल्टी कमाइ गरिन् ।सोही समयमा, राष्ट्रपति बाइडेनले २०१८ मा ‘प्रमिस मी ड्याड’ नामक पुस्तक लेखेका थिए ।

यस पुस्तकमा, उनले उपराष्ट्रपतिको कार्यकालमा आफ्नो जेठो छोरा ब्यू बाइडेनलाई मस्तिष्कको क्यान्सरबाट गुमाएका हृदयविदारक घटनाबाट निको हुने आफ्नो कथा साझा गरेका छन् । उनले आफ्नो किताबबाट ६३ लाखसम्म रोयल्टी कमाएको बताइन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको हाल वार्षिक झण्डै ६ करोड रुपैयाँ तलब छ, जसमध्ये बाइडेनले सेल्टिक क्याप्री नामक कम्पनीलाई ३७ लाख रुपैयाँ दिएका छन् ।यसबाहेक राष्ट्रपति बाइडेनसँग एक करोड २२ लाख रुपैयाँ भन्दा धेरैको अचल सम्पति छ ।

Leave a Reply

Your email address will not be published.