शिक्षक कर्मचारीको पोशाक परिवर्तन, यस्तो छ ड्रेस कोड

समाचार

काठमाडौ । शिक्षक कर्मचारीको पोशाक परिवर्तन भएको छ । नयाँ पोशाक लागू गर्न सम्बन्धित सबैलाई परिपत्र जारी गरिएको छ ।

शिक्षकहरूले सामाजिक सञ्जालमा गरेको भोटिङका आधारमा शिक्षकको ड्रेस छनोट गरिएको हो ।

नेपाल शिक्षक महासंघले आफ्नो फेसबुक पेजमा विभिन्न रङ्ग भएका १० प्रकारका ड्रेस भोटिङका लागि राखेको थियो ।

शिक्षकहरूले आफूलाई मन पर्ने ड्रेसमा भोट हालेका थिए । उनीहरूकै रोजाइमा शिक्षकका नयाँ ड्रेस स्वीकृत गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

आज एक परिपत्र जारी गर्दै सबै स्थानीय तह, सबै शिक्षा विकास तथा समन्वय इकाईलाई जानकारी गराइएको छ ।

परिपत्र अनुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालयको पोशाक परिवर्तन गर्ने सन्र्दभमा नेपाल शिक्षक महासंघबाट समेत अनुरोध भई आएको हुँदा देहाय बमोजिम हुनेगरी पोशास (ड्रेस कोड) परिवर्तन गरिएको व्यहोरा यस केन्द्रको निर्णय अनुसार अनुरोध छ भनिएको छ ।

तोकिए अनुसारको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउनुहुन अनुरोध छ परिपत्रमा उल्लेख छ ।

यस्तो छ ड्रेस कोड

आम शिक्षकले गरेको भोटिङका आधारमा पहिलो प्राथमिकतामा परेका ड्रेसलाई महासंघले स्वीकृत गरी परिर्वतनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाएको थियो ।

अहिले सरकारबाट स्वीकृत शिक्षक दरबन्दीमा कार्यरत शिक्षक १ लाख ९ हजार छन् । साबिकको उच्च माविमा ६ हजार, राहत शिक्षक करीब ३८ हजार, बालकक्षा शिक्षक करिब ३५ हजार र विद्यालय कर्मचारी ३० हजारामाथि रहेको आँकडा छ ।

सरकारले ड्रेस बापत प्रति शिक्षक वार्षिक १० हजार प्रदान गर्दै आएको छ । शिक्षकलाई केही वर्ष अगाडिबाटै प्रदान गर्न थालिएको भएपनि बालकक्षा र विद्यालय कर्मचारीलाई भने सरकारले गत वर्षदेखि मात्र ड्रेस उपलब्ध गराउन थालेको हो ।

गत असारमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक विद्यालयका प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालयका कर्मचारीहरुलाई अन्य कर्मचारी र शिक्षक सरह पोषाक भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

ड्रेस भनेको पेसाको पहिचान र अनुशासन भएको हुनाले सबै शिक्षकले अनिवार्य लगाउनुपर्ने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकशोर सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.