भरतपुरमा रेनु झण्डै २७ हजार नजिक, विजयको कति ?

समाचार

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छन् । दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी हुन्।

यो समाचार तयारपार्दासम्मको नतिजामा ६७ हजार ५०८ मतगणना हुँदा दाहालले २६ हजार २५८ प्राप्त गरेकी छन्। यो मत सुवेदीको भन्दा चार हजार ७०२ ले बढी हो । उनलेले २१ हजार ५५६ मत प्राप्त गरेका हुन्।

यस्तै उपप्रमखमा चित्रसेन अधिकारी २८ हजार २०३ मतसहित फराकिलो मतान्तरले अघि छन्। राप्रपाकी हिमला गुरुङले १६ हजार ७४५ मत ल्याएकी छिन्।

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेकी छन् । दाहालले प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी हुन्।

लम्कीचुहाको मेयर र उपमेयर दुवैमा महिला नेतृ-कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला नेतृ विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला शाही निर्वाचित भएकी छन् । उपप्रमेयरमा एमालेकी जुना चौधरी विजयी भएकी छन् ।

शाहीले १२ हजार ७ सय १३ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निर्वतमान मेयर एमालेका उम्मेदवार महादेव बजगाईंलाई २ हजार २ सय ७८ मतले पराजित गरेका हुन् । बजगाईंले १० हजार ४ सय ३५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा चौधरीले ११ हजार ७सय ८ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी जानकीकुमारी शाहीले ८ हजार ३ सय ८ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published.