३१ हजार कट्यो बालेनको मत

राजनिति समाचार

काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार बालेनले ३१ हजार ४ सय ५९ मत प्राप्त गरेका छन् ।

उनलाई पच्छ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ६ सय ९१ मत प्राप्त गरेका छन्। बालेन र स्थापितको मतान्तर १४ हजार ७ सय ६८ रहेको छ । त्यस्तै कांग्रेसकी सिर्जना श्रेष्ठले १६ हजार ४ सय ८२ मत पाएकी छिन्।

विराटनगरमा कांग्रेसका कोइराला मेयर र एमालेकी शिल्पा उपमेयर

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका उनी ३० हजार १ सय ७० मत ल्याउँदै महानगरको मेयर पदमा विजयी बने ।

शनिबार बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार कोइरालाले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारलाई पराजित गरेका हुन् । नागेशले एमालेका उम्मेदवार सागरकुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थापाले २१ हजार ४ सय ५५ मत पाए ।

त्यसैगरी, उपमेयरमा एमालेकी शिल्पा निरौला कार्की विजयी भइन् । २५ हजार ६ सय ८० मत ल्याउँदै प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अमरेन्द्र यादवलाई उछिनिन् । यादवले १४ हजार २ सय १९ मत पाए ।

Leave a Reply

Your email address will not be published.