रेनुको मतान्तर झन्झन् फराकिदै बन्दै, विजयको कति ?

राजनिति समाचार

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता कायम गरेकी छिन् ।

पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५ सय १८ मतले अगाडि देखिएकी छन् । मेयरकी उम्मेदवार रेनुले २८ हजार ८०८ मत प्राप्त गरेकी छिन् भने एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार २१८ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार कटाएका छन् । रेनु र विजयको मतान्तर ५५९० रहेको छ ।

उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका चित्रसेन अधिकारीले ३० हजार ९ सय १ मत ल्याएका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला गुरूङले १७ हजार ९ सय २० मत ल्याएकी छिन् ।

काठमाडौं महानगर : बालेनको अग्रता कायमै, दोस्रोमा उक्लिइन् सिर्जना सिंह-काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट सार्वजनिक भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार मेयर पदका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। आयोगको औपचारिक विवरण अनुसार उनले हालसम्म ३२ हजार ९७८ मत पाएका छन्।

यसअघि तेस्रो स्थानमा रहँदै आएकी कांग्रेस उम्मेदवार सिर्जना सिंह भने दोस्रोमा उक्लिएकी छिन्। उनले १७ हजार ७०२ मत पाएकी छिन्। मतगणनाको सुरुवातदेखि नै उनी तेस्रो स्थानमा रहँदै आएकी थिइन्।

पहिलो स्थानका बालेनसँग मतान्तर निकै रहेको भए पनि दोस्रो स्थानमा रहँदै आएका केशव स्थापितसँग भने उनले प्रतिस्पर्धी मत ल्याउँदै गएकी थिइन्।

शनिबार २ बजे सार्वजनिक विवरण अनुसार तेस्रो स्थानमा पुगेका एमालेका उम्मेदवार केशव स्थापितले भने १७ हजार ६७८ मत पाएका छन्।

काठमाडौं महानगरपालिकाका वडाहरू १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को अन्तिम मतपरिणाम घोषणा भइसकेको छ।

Leave a Reply

Your email address will not be published.