‘आइबार बिदा दिन सकिँदैन’

समाचार

काठमाडौं । अभिभावक महासंघले सरकारले स्थानीय तहको अधिकार खोसेर आइतबार बिदा दिने मनपरी निर्णय गरेको आरोप लगाएको छ । संविधानमा विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई हुँदाहुँदै संघीय सरकारले ऐनलाई नै मिचेर एकाएक दुई दिन विद्यालय बिदा दिने निर्णय गर्नु गलत भएको महासंघले जनाएको छ ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले सरकार सञ्चालन ऐनविपरीत दुई दिन विद्यालय बिदा दिने निर्णय गर्नु गलत भएको दाबी गर्दै भन्नुभयो– ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४ मा विद्यालय खोल्ने, अनुगमन गर्नेलगायत २३ वटा व्यवस्था उल्लेख छ । सरकारले जबरजस्ती निर्णय गरेको छ । यो निर्णय सबै स्थानीय निकायले कार्यान्वयन गर्ने विषयमा शंका बढेको छ ।’

सो ऐनविपरीत विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने अधिकार स्थानीय सरकारलाई भएको अवस्थामा एकाएक बिदाको निर्णय दिनु गलत रहेको विद्यालय सञ्चालकको पनि भनाइ छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी सबै प्रकारका शैक्षिकसंस्था जेठबाट शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु-मकवानपुर । मकवानपुरमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौंका लागि छुटेको ना ४ च २३१५ नम्बरको जिप शनिबार साँझ ५ बजेको समयमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए । जिपमा सवार अन्य ५ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि लगिएको छ । तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएको प्रहरीले जनाएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.