काठमाडौं महानगरमा अब ८४,८३४ मत गन्न बाँकी, बालेनलाई ३६ प्रतिशत मत

राजनिति समाचार

काठमाडौं महानगरपालिकामा एक लाख मत गणना भएको छ। बिहान ५ बजेको अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मत गणना भएको छ। जसमा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्। उनले ३८ हजार ३३३ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन्।

नेकपा एमालेको केशव स्थापति २१ हजार ८ मतसहति तेस्रो नम्बरमा छन्। अब ८४ हजार ८३४ मत गन्न बाँकी छ।

इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी-सुनसरी — इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले निकटम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका हुन् । जम्मा ७३ हजार ८ सय ३२ मत खसेको इटहरीमा पौडेलले ३३ हजार ४९ मत ल्याएर विजयी हुँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याउन सके ।

उपमेयरमा सत्ता गठबन्धन बाहिरको एमालेकी उम्मेदवार चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन् । विष्टले १८ हजार ३१ मत मात्र ल्याउन सके ।

२० वडा रहेको इटहरीमा मेयर पद हात पारे पनि नेपाली कांग्रेसले बहुमत वडाहरु गुमाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको कांग्रेस यसपटक ४ वटामा खुम्चिएको छ । एमालेले १५ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

बहुदलीय व्यवस्था सुरु भएपछि हालसम्म इटहरीमा कांग्रेसले जित निकाल्न सकेको थिएन । २०४९ सालमा गाउँ विकास समिति हुँदा र २०५३ सालमा इटहरी नगरपालिका भएपछि २०५४ सालमा भएको निर्वाचन एमालले नै जित निकाल्दै आएको थियो । यस्तै २०७१ सालमा उपमहानगरपालिका घोषणा भएपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि एमाले नेतृत्वले विजय हासिल गरेको थियो ।

Leave a Reply

Your email address will not be published.