वृद्धभत्ता ६५ वर्षमै दिने

समाचार

काठमाडौं । विशेष गरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षाभत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन्।

मुलुकको अर्थतन्त्रको क्षमताअनुसार सामाजिक सुरक्षाभत्ताको दायरा बढाउन कठिन भए पनि वर्तमान सरकारले ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता वितरणको तयारी गरेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटमा ६५ वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दिने तयारी गरिएको हो। अहिले ७० वर्ष पुगेका नागरिकले मासिक ४ हजार वृद्धभत्ता पाउँछन्।

सरकारले ६५ वर्ष उमेरमाथिका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा राज्यलाई वार्षिक करिब ३० अर्ब रुपैयाँ भार थपिने अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार अहिले मुलुकभर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या करिब साढे ३४ लाख छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

स्वर्ग जान नर्कको टिकट काटेका माधव नेपाललाई एमालेले एक सुकामा पनि लिँदैनः सूर्य थापा-काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले आफ्नो पार्टीको कन्तबिजोग, हरिबिजोग, ऋषिबिजोग केही पनि नभएको दाबी गरेका छन् । नेता थापाले भने, “स्थानीय तहको निर्वाचनमा जनमतको हिसाबले नेकपा एमाले कमजोर भएको होइन । जनताले सबभन्दा बढी भोट एमालेलाई नै दिएका छन् ।

५ दलले गठबन्धनलाई कसिलो बनाएकाले केही ठाउँमा हामीले हारेका हौं । एमालेको कन्तबिजोग, हरिबिजोग, ऋषिबिजोग केही भएको होइन ।” निर्वाचनमा केही ठाउँमा असफल हुँदैमा केपी ओलीले अध्यक्ष पद छाड्नु नपर्ने पनि थापाको जिकिर छ । उनले भने, “अहिले पनि नेकपा एमालेलाई ५० लाख जनताले मतदान गरेका छन् ।

यो मतादेश, जनादेशलाई सम्मान गरेर केपीले देशको नेतृत्व गर्ने हो । कतिपयले केपी ओलीले छाडिदिए हुन्थ्यो भन्ने इच्छा गरेका होलान् । उहाँले छाडे हाइसन्चो होला, कब्जा गरौंला भन्ने दिवास्वप्न देख्नुहुन्न ।”

नेकपा एमालेलाई प्रचण्ड र माधव नेपालको आवश्यकता नरहेको पनि उनले बताए । उनले भने, “माधव नेपाल पनि कुनै कुरा गर्ने हो ऋषिजी ? घिनलाग्दो कुरा नगर्नु न बिहान बिहानै ।

उहाँ त शेरबहादुर देउवाका कान्छी औंला हो । हामी हिलो र धुलो टकटकाएर उठ्छौं । तर हामीलाई माधव नेपाल, प्रचण्डको सहयोग चाहिएको छैन । एमालेले माधव नेपाललाई एक सुकामा दिए पनि लिनुहुन्न । उहाँले गर्न नहुने सबै हर्कत गरिसक्नुभयो । प्रचण्डको पुच्छर समाएर बैतरणी हुँदैन भन्नेमा नेकपा एमाले प्रस्ट छ ।”

आफ्नो जिल्ला प्युठानमा माधव नेपालको पार्टी शून्य भएको पनि उनले बताए । थापाले थपे, “मेरो प्युठान, अर्घाखाँचीमा माधव नेपालको पार्टी आलु आलु छ । अब कांग्रेसले कांग्रेसलाई भोट हालेको स्थितिमा कहीं पनि जित्दैन । माधव र प्रचण्डले स्वर्ग जान नर्कको टिकट काटेका हुन् । शेरबहादुर देउवाको हुक्के, बैठके भएर कांग्रेसको कृपामा केही सिट जितेका हुन् ।

प्रतिपक्षविरुद्ध गठबन्धन गरेर बाघ मार्यौं भनिरहेका छन् । माधव नेपाल, प्रचण्ड, चित्रबहादुर केसीसँग वार्तासार्ता पानी अनलाइनको कुरा हो ।”

एमाले नेता थापाले लुम्बिनी र गण्डकीको प्रदेश सरकार अनि केन्द्रमा कांग्रेसको नांगो दलाली गरेर मोहनविक्रम सिंह र चित्रबहादुर केसीले केही सिट जितेको पनि आरोप पनि लगाए ।

उनले भने, “मेरो पालिका झिमरुखमा ३० वर्ष राइदाइँ र दलमलन गरेको, यहाँका रुखपात, ढुंगामाटो मसाल हुन् भन्ने राजमोले कांग्रेससँग मिलेर पनि जित्न सकेन ।

झिमरुखमा २ वडा पाएको छ । अब झिमरुखमा मसाल उँधौली लाग्यो । त्यसैले मोहनविक्रम सिंह रुवाबासी गरिरहेका छन् । मसालले अघिल्लो संघको निर्वाचनमा वाम गठबन्धनको भूलभूलैयामा लाभ उठायो । ८४ वर्षे बूढाको दाल, चामल चलोस् भनेर हामीले सहयोग गरेको हो । अब त्यो सम्भावना छैन ।”

Leave a Reply

Your email address will not be published.