१ लाख १७ हजार मतगणना सकियो, बालेन १७४२४ मतले अगाडि

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना निकै रोचक बनेको छ । मतगणनाको सुरुवाती चरणदेखि नै मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले निरन्तर अग्रता कायम गरेका छन् ।

१ लाख १६ हजार ८८५ गणनामा शाहले ४१ हजार २७९ मत ल्याएका छन्। पछिल्लो मतगणनाअनुसार कांग्रेसका सिर्जना सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै अगाडि बढेकी छन्। अद्यावधिक मतपरिणामअनुसार सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्।

सिंहलाई बालेनले १७ हजार ४२४ मतले पछि पारेका छन्। यस्तै स्थापितले २३ हजार २४ मत ल्याएका छन्। स्थापित र सिंहबीचको मतान्तर ८३१ छ।

यो पनि सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । राजनीतिक दल र दलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार राई फराकिलो मतान्तरसहित धरानको मेयरमा निर्वाचित भएका हुन् ।

राईले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गरे । हर्कराजले २० हजार ८ सय २१ मत प्राप्त गर्दा किशोरले १६ हजार ५९ मत पाए । नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् ।

धरानको उपमेयरमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५ सय १० मत प्राप्त गरे । उनका निकटतम प्रत्याशी नेकपा एमालेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत पाए ।

कलम र डायरी उपहार-राईलाई निकटतम प्रतिद्वन्दी कांग्रेसका किशोर राईले कलम र डायरी उपहार दिएका छन् । उनले कलम र डायरी दिँदै बधाई ज्ञापन समेत गरे । किशोरले आफू पराजित भएपनि जनताको मतको कदर गर्दै निर्वाचित मेयरलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्।

किशोरले अबको पाँच वर्ष धरानको नेतृत्व गर्दै राम्रो काम गर्न सुझाव समेत दिए। चुनावका बेला प्रतिस्पर्धी भएको भएपनि धरानको विकासमा सबै एक भएर लाग्नुपर्ने उनले जोड दिए। हर्कराजले किशोरको कलम र डायरी ग्रहण गर्दै आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्न किशोरसँग अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published.